काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कञ्चनपुरको महेन्द्रनगर बजारमा काफल बिक्री गर्न उपभोक्ताको प्रतीक्षामा बसेका स्थानीय व्यापारीको तस्विरदेखि मकै र धानखेतीले हरियाली देखिएको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको सिमानामा पर्ने इन्द्रावती नदी किनारस्थित काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं ६, सिपाघाट बजारलाई फोटोमा समेटेका छौँ।
हेरौं फोटो समाचारः
कञ्चनपुरको महेन्द्रनगर बजारमा काफल बिक्री गर्न उपभोक्ताको प्रतीक्षामा बसेका स्थानीय व्यापारी । व्यापारीहरुले यहाँ सुदूरपश्चिमका पहाडी जिल्लाबाट ल्याएर काफल बिक्री गर्दै आएका छन् ।

मकै र धानखेतीले हरियाली देखिएको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको सिमानामा पर्ने इन्द्रावती नदी किनारस्थित काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं ६, सिपाघाट बजार ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले गोकर्णेश्वर नगरपालिका वडा नं.९ आरुबारीमा निर्माण गरेको पानीपोखरीअघि जमेको पानी । पानीपोखरी निर्माणका क्रममा बनेको सडकको खाडल नपुर्दा सडकमै पोखरी जमे पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयको ध्यान गएको छैन । यहाँ हिउँदमा धुलो र वर्षामा पानी जम्ने समस्या वर्षौँदेखि भएपनि समाधान हुनसकेको छैन ।

जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी जाँदै । नेपालतिर बाटो नहुँदा छाङ्गरु र तिंकरमा सुरक्षाकर्मी र निर्वाचन सामग्री लिन नेपाली सेनाको हेलिकप्टर प्रयोग ल्याएकोे हो ।

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा गाडीमा तरकारी बेच्दै गरेका व्यापारी । तरकारीको उत्पादन बढेसँगै मूल्यमा केही कमी आएको छ ।

विराटनगर महानगरपालिका–१० स्थित अरनिको आवासीय माविद्वारा सोमबार विराटनगरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा चिकित्सक शास्त्रतर्फ शतप्रतिशत छात्रवृत्ति प्राप्त छात्रा खुश्बु नायकलाई सम्मान गर्दै विद्यालयका संयोजक विकास खनाल । विसं २०७८ मा उक्त माविका २६ जना छात्रछात्राले चिकित्सा शास्त्र, परामेडिकल र इन्जिनियरिङमा शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्न सफल भएका थिए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्