×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : सडकको पेटीमा टायल विछ्याउँदै मजदुर , धुलाम्मे सडकबाट बच्नका लागि पानी हाल्दै ट्यांकर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : सडकको पेटीमा टायल विछ्याउँदै मजदुर , धुलाम्मे सडकबाट बच्नका लागि पानी हाल्दै ट्यांकर

Artha Sarokar

२७ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले हात्तिसारमा बाँधेर राखिएका बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीहरुदेखि शुक्लाफाँटा नगरपालिका-४ असैनामा एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण भैरहेको सडकको पेटीमा टायल विछ्याउँदै एक मजदुरसम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ।

हेरौं फोटो समाचारः

शुक्लाफाँटा नगरपालिका-४ असैनामा एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण भैरहेको सडकको पेटीमा टायल विछ्याउँदै एक मजदुर ।

सप्तरीको तिरहुत गाउँपालिका डिवनस्थित निर्माणाधिन हुलाकी सडक खण्डमा धुलोबाट बच्नको लागि ट्यांकरको सहयोगमा धुलाम्मे सडकमा पानी हाल्दै ।

हात्तिसारमा बाँधेर राखिएका बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीहरु । जङ्गलमा सुरक्षा गस्तीका लागि यिनलाई प्रयोगमा ल्याइने गरिन्छ ।

काठमाडौँ महानगरपालिका वडा नं १० स्थित रुद्रमती -धोबीखोला_ किनारमा एक महिनाभन्दा लामो समयदेखि थुपारिएको फोहर उठाइँदै । रुद्रमती किनारमा महिनौँ फोहर थुपार्दा धोबीखोलामा मिसिएर प्रदूषित बन्ने गरेको स्थानीयवासी बताउँछन् । यसतर्फ काठमाडौँ महानगरपालिकालगायत सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ७ काफल डाडाँमा रहेको एक घर। पछिल्लो समय ग्रामीण क्षेत्रमा पक्की घर निर्माण गर्ने क्रम बढेसँगै परम्परागत यस्ता ढुंगे घरको निर्माण घट्दै गएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी