×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : पाटन दरबार परिसर घुम्दै विदेशी पर्यटक , मकै र धानबालीको हरियाली फाँट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : पाटन दरबार परिसर घुम्दै विदेशी पर्यटक , मकै र धानबालीको हरियाली फाँट

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले ललितपुर महानगरपालिकास्थित विश्व सम्पदा सूचीमा पर्ने पाटन दरबार परिसरमा घुम्न आएका विदेशी पर्यटकदेखि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारीबाट देखिएको मकै र धानबालीको हरियाली फाँटसम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ।

हेरौं फोटो समाचारः

ललितपुर महानगरपालिकास्थित विश्व सम्पदा सूचीमा पर्ने पाटन दरबार परिसरमा घुम्न आएका विदेशी पर्यटक ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारीबाट देखिएको मकै र धानबालीको हरियाली फाँट ।

सात वर्षदेखि स्थानीयवासी हिउँदमा धुलो र वर्षाद्मा हिलोले समस्यामा परेको नयाँपाटी–सुन्दरीजल सडक । विसं २०७२ मा ठेक्का भएको यो सडक अझै बन्न सकेको छैन । निर्माण व्यवसायीले महिनामा एक दिन काम गर्ने अनि बन्द गर्ने गरेकाले काममा ढिलाइ भएको हो ।

हिजो आएको हावाहुरीले क्षति भएको भक्तपुरको चाँगुनारायण नगरपालिका–८, वागेश्वरीस्थित एभरग्रिन फ्लोरा एण्ड एग्रिकल्चर फार्मको जीआइ पाइपले निर्माण गरेको जरवेरा फूलको टनेल । हावाहुरीले टनेल र फूल नष्ट गर्दा रु सात लाख बराबरको क्षति भएको कृषक बताउँछन् ।

भोलि हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न आफ्नो गाउँ फर्केका मतदातालाई लिएर जाने क्रममा अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोकको बनेपामा बिहीबार देखिएको सवारी साधन ।

वर्षाद्का कारण शुक्लाफाँटा नगरपालिका–११,कलुवापुरका स्थानीयवासीको आँगनमा जमेको पानी । पानी परेकाले किसानलाई अहिले खेतबारी जोत्न, मकै छर्न र धानको बीउ राख्न सहज भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: