काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले गुल्मीको धुर्कोट गाउँपालिका –४, जैसिथोकमा मकै गोड्दै किसानदेखि शुक्लाफाँटा नगरपालिका–८, पर्यटकीय क्षेत्र धारापानीमा तराईको गर्मी छल्नका लागि पुगेका आन्तरिक पर्यटक नुहाउँदैसम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ।
हेरौं फोटो समाचारः
गुल्मीको धुर्कोट गाउँपालिका –४, जैसिथोकमा मकै गोड्दै किसान ।

शुक्लाफाँटा नगरपालिका–८, पर्यटकीय क्षेत्र धारापानीमा तराईको गर्मी छल्नका लागि पुगेका आन्तरिक पर्यटक नुहाउँदै । चुरे फेदीको यस क्षेत्रमा गर्मी बढेसँगै आन्तरिक पर्यटकको आगमन बढ्ने गरेको छ ।

कृष्णपुर नगरपालिका–१, नवदुर्गा सामुदायिक वन क्षेत्रमा बनाइएका घरटहरा हटाउँदै सामुदायिक वनका उपभोक्ता । सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाइएका २२ वटा घरटहरा हटाइएका छन् ।

झापा अर्जुनधारा नगरपालिका–११ का सामाजिक अभियनकर्मी गणेश ढुङ्गाना मतगणना स्थलमा फालिएको प्लाष्टिकका खाली बोतल सङ्कलन गर्दै ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकाबाट नेकपा (एमाले) विजय भएपछि विजयी उत्सव मनाउन मौलिक भेषभूषामा सजिएर निस्किएका लिम्बू समुदायका युवा ।

तनहुँको व्यास नगरपालिका–८ स्थित गाविस भवन मतदान केन्द्रमा बुधबार मतदान गर्न लामबद्ध सर्वसाधारण । वैशाख ३० गतेको मतदान रद्द भएपछि बुधबार मतदान हुन लागेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्