काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको भूवाने पानीमा घुम्न आएका विदेशी पर्यटकको तस्विरदेखि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–७ दोखुस्थित एक नर्सरी फार्ममा कागतीको बेर्ना हेरचार गर्दै एक किसान सम्मका तस्विरलाई फोटोमा समेटेका छौँ।
हेरौं फोटो समाचारः
म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको भूवाने पानीमा घुम्न आएका विदेशी पर्यटक । पोखरादेखि मोटरसाइकलमा म्याग्दी घुम्न आएका पर्यटक भुवानेपानीमा विश्राम गर्ने तरखर गर्दै ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–७ दोखुस्थित एक नर्सरी फार्ममा कागतीको बेर्ना हेरचार गर्दै एक किसान । कागतीको प्रतिबेर्ना १०० रुपैंयाँमा विक्रीवितरण गर्दै आएको छ ।
घोराही उपमहानगरपालिकाको कार्यालय नजिकै सडक छेउमा फुलेको गुलमोहर । सो स्थान बिहानैदेखि साँझसम्म तस्वीर, टिकटक र सेल्फी खिच्न आउनेहरूको भीड हुने गर्दछ ।
माछा मार्ने जाल बुन्दै सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङ्टारका स्थानीयवासी । जाल प्रतिगोटा रु तीन हजार ५०० सम्ममा बिक्री गरिन्छ ।
नृत्य प्रस्तुत गर्न मगर पहिरनमा सजिएका युवतीहरु ।
सामाजिक सुरक्षाभत्ता बुझ्न खोटाङको दिक्तेल बजारस्थित सालपा विकास बैङ्क अगाडि लामबद्ध सेवाग्राही । कर्मचारीमार्फत वितरण गर्दा अनियमितता हुँदै आएको सामाजिक सुरक्षाभत्तालाई पारदर्शी बनाउन जिल्लाका दशवटै स्थानीय तहले बैङ्किङ प्रणालीमार्फत वितरण शुरु गरेको छ । 
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्