Skip to content
LAXMI SUNRISE BANK

प्रभु लाइफ इन्सुरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, २६.४८ प्रतिशतले घट्यो खुद नाफा

अर्थ सरोकार

काठमाडौं। प्रभु लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा खुद नाफा १० करोड १३ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २६.४८ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले १३ करोड ७८ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको खुद बिमा शुल्क आम्दानी ३३.९२ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ७७ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको लगानी तथा अन्य आम्दानी भने ३७.०३ प्रतिशतले घटेर ११ करोड २७ लाख २६ हजार रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भ कोष २४.४२ प्रतिशतले र जीवन बिमा कोष ५३.७६  प्रतिशतले बढेको छ । साथै कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५६ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK