काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा १८ करोड ९५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा १७.०९ प्रतिशतले कम हो। अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड ८६ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको जीवन बिमा कोष २५.९० प्रतिशतले बढेर १७ अर्ब ६३ करोड ११ लाख ३७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको खुद बिमा शुल्क आर्जन १३.५९ प्रतिशतले बढेर ३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । साथै जगेडा कोष १९.१६ प्रतिशतले घटेर ५० करोड ५४ लाख ८८ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०९ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्