काठमाडौं । प्रुडेन्सियल इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा ११ करोड ३६ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १७.२५ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीले १३ करोड ७३ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बिमा शुल्क पनि २६.२३ प्रतिशतले घटेर ३५ करोड ७४ लाख ५१ हजार रुपैयाँ रहेको छ । कम्पनीको बिमा कोष ८.८३ प्रतिशतले बढेर ६५ करोड ३६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ४३ पै सा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्