×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय कार्यन्वयनमा, नेप्से र नेपाल राष्ट्र बैंकले गरे नयाँ व्यवस्था

PRIME CA

सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय कार्यन्वयनमा, नेप्से र नेपाल राष्ट्र बैंकले गरे नयाँ व्यवस्था

अर्थ सरोकार

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार

काठमाडौं । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय जेठ १ गते आइतबारबाट कार्यन्वयन भएको छ । नेपाल सरकारले परीक्षणको रुपमा संवत् २०७९ साल जेठ १ गते देखि लागू हुने गरी हप्तामा दुई दिन विदा दिने गरी गरेको निर्णय गरेको थियो । आइतबार पनि सार्वजनिक विदा दिने नेपाल सरकारको निर्णय राजपत्रमा प्रकाशन भईसकेको छ ।

आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार पनि बन्द हुने भएको छ । नेप्से सञ्चालक समितिको २०७९/०१/२१ गते बसेको बैठकले नेपाल सरकारको निर्णयानुसार नै कार्यालय समय संचालन गर्ने र जेठ महिनादेखि सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार संचालन गर्ने निर्णय गरेको हो । अबदेखि नियमितरुपमा सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुल्ने भएको छ । तर यसपटक सोमबार पनि बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा परेकाले सेयर बजार मंगलबारदेखि मात्र खुल्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले पनि सातामा दुई दिन सार्वजनिक विदाबारे नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकका गभर्नरद्वारा बैशाख २८ गते स्वीकृत टिप्पणी अनुसार २०७९ साल जेठ १ देखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक विदा दिने सम्बन्धमा राष्ट्र बैंकले विभिन्न निर्णय गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: