काठमाडौँ । परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार सो निर्णय गरेको हो ।विभागमा सेवाग्राहीको चाप उल्लेखनीयरुपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो ।
त्यसका लागि विभागले यही जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभाग खोलिने आज जनाएको हो । राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्