×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा तयार गर्नुहोस् है ! रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पैसा तयार गर्नुहोस् है ! रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

२२ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १२ लाख कित्ता आइपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेभएको हो । कम्पनीले आइपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

नियुक्त सम्बन्धी कम्पनी र मेगा क्यापिटलबीच बुधवार सम्झौता भएको हो । रारा हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका तर्फबाट संचालक शंकर लाल बैद्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो । उक्त आइपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पूरा बाँकी रहेको कम्पनीले जनाएको छ । सो प्रक्रिया पुरा भएपछि बिक्री हुने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: