×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बिमा संस्थानको वित्तीय विवरण सार्वजनिक, कमायो ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्रिय बिमा संस्थानको वित्तीय विवरण सार्वजनिक, कमायो ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा

२९ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। राष्ट्रिय बिमा संस्थानले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले यस त्रैमासमा ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २.१५ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ४ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि ७.४३ प्रतिशतले बढेर ७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले जीवन बिमा कोष भने ३२ अर्ब ४४ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३९ अर्ब ९९ लाख रुपैयाँ पुर्याएको छ । साथै कम्पनीकोको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ र रिजर्भ कोषमा ३९ करोड १८ लाख रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: