काठमाडौँ । राष्ट्रिय सभाका सदस्यले सरकारले नीति तथा कार्यक्रम मुलुकको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने गरी ल्याइएको टिप्पणी गर्दै कार्यान्वयनमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बाँकी रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्र्याउने गरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै नीति तथा कार्यक्रमको समर्थन गरे । उनले भने, “बजेट धेरै सकारात्मक ढङ्गबाट ल्याइएको छ, कृषि, उत्पादन, रोजगारी शिक्षा, स्वास्थ्यलाई समावेश गरेको छ, उत्पादन बढाउने, आयात घटाउने निर्यात बढाउने उद्देश्यले बजेट ल्याएको छ, जुन अत्यन्त सकारात्मक छ ।”
सांसद खिमलाल भट्टराईले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण हुन नसकेको भन्दै बजेटमा समावेश शान्तिपूर्ण र धाँधलीरहित शब्द हटाउनुपर्ने माग गरे । उनले नीति तथा कार्यक्रमका धेरै विषयमा अन्योलता रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रमले समाजवादको आधार निर्माण तय गर्न नसकेको टिप्पणी गरे । उनले भने, “सुकुम्बासीलाई लालपूर्जा दिने विषय किन दुई वर्ष कुर्नुपर्ने, पहिलाको सरकारले सबै काम गरिसकेको छ, अब सरासर लालपूर्जा दिए भइहाल्यो त, देशको सिमानाका बारेमा नीति तथा कार्यक्रम किन बोल्न सकेको छैन ? निजगढ विमानस्थल निर्माण गर्ने विषयमा सरकार किन भागिरहेको छ ।”
सांसद जितेन्द्रनारायण देवले उत्पादन र कृषिलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको जनाउँदै नेपालको अर्थव्यवस्थालाई आफ्नो खुट्टामा उभ्याउने गरी, ऊर्जा, उद्योग, पर्यटन, रोजगारीलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको टिप्पणी गरे । राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेका नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र आजका लागि तोकिएका थिए । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्