मङ्गलबारे । रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले इलाममा बुधबार मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बिमित प्रवीण चापागाईको परिवारलाई इलाम सदरमुकाममा एक कार्यक्रमबीच ४१ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र इलाम नगरपालकाका प्रमुख केदार थापाले संयुक्त रुपमा सो चेक मृतककी श्रीमती सीमा चापागाईंलाई हस्तान्तरण गरेका हुन् । गत ७८ साल चैत महिनामा बीमा गरेका निर्माण व्यवसायी प्रवीण चापागाईंको पाँच महिनापछि मृत्यु भएका थिए । पचास लाखको बीमा गर्दा पहिलो किस्ता बापतको चार लाख २५ हजार तिरेका उनको कोरोना सङ्क्रमणका कारण मृत्यु भएका थिए ।
कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापक सूर्यप्रकाश गुप्ताले बीमा बचतसँगै आर्थिक जोखिम बहन गर्ने माध्यम भएको चर्चा गरे । उनले बीमा कम्पनीमा जीवन बीमा गरी आफ्नो र परिवारको आर्थिक जोखिम न्यूनीकरण गर्नसमेत आग्रह गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख बराल, इलाम नगरपालिकाका प्रमुख थापा, इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष विप्लप भट्टराई, निर्माण व्यवसायी सङ्घ इलामका उपाध्यक्ष निरोज राउत लगायतले बीमा कम्पनीले गराएको आर्थिक सहायताको प्रशंसा गरे ।
कम्पनी इलाम शाखाका प्रबन्धक लक्ष्मण चौलागाईंले स्थानीय तहहरूले पनि कार्यक्रम निर्माण गर्दा बीमाको पहुँचमा आफ्ना नागरिक पुग्न सक्नेमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले नागरिकप्रति उत्तरदायी बन्न सहुलियत दिने खालका कार्यक्रम ल्याउन सुझावसमेत दिए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्