लोमान्थाङ (मुस्ताङ) । माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक र सांस्कृतिक बस्ती लोमान्थाङमा सडक बत्ती जडान भएको छ । लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको लोमान्थाङका चोक र सडक छेउमा सडक बत्ती जोडेर रातको समयमा उज्यालो बनाइएको हो । अमेरिकन हिमालयन फाउण्डेशनको आर्थिक सहयोगमा लोमान्थाङ गाउँपालिका र जिग्मे फाउण्डेशनको समन्वयमा १५० सडक बत्ती जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष छेवाङ गुरुङले जानकारी दिए ।
“लोमान्थाङको पर्खालभित्र र बाहिरको सडक छेउमा बत्ती जडान गरिएको छ,” उनले भने “रातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहज हुनुका साथै गाउँ आकर्षक बनेको छ ।” एक सय ४६ वटा काठका पोल र चार वटा व्यक्तिका घरमा सडक बत्ती जडान गरिएको छ । काठका पोललाई कलात्मक बनाइएको छ । बस्तीभित्र विद्युत्को तारलाई भूमिगत बनाइएको छ । सन् २०२० देखि सुरु गरिएको सडक बत्ती जडान गर्ने काम केही दिनअघि मात्रै सकिएको हो ।जिग्मे फाउण्डेशनका कार्यक्रम निर्देशक पाङदेन ढोल्कर गुरुङले सडक बत्ती जडान गर्न रु. ४९ लाख खर्च भएको जानकारी दिए ।
केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेपछि जनप्रतिनिधिहरुले सडक बत्ती जडानको योजना अघि सारेका थिए । सडक बत्तीको मिटर बक्स जडान गरेको लोमान्थाङ गाउँपालिकाले महशुल तिर्ने व्यवस्था मिलाएको छ । माटोको पर्खालभित्र रहेको लोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब २०० माटोले बनेका घर छन् । ऐतिहासिक महत्वको लोमान्थाङ बस्ती पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्