×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सारथी लघुवित्तको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा २.२२ प्रतिशतले घट्दा प्रतिसेयर आम्दानी कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सारथी लघुवित्तको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा २.२२ प्रतिशतले घट्दा प्रतिसेयर आम्दानी कति ?

२३ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सारथी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा ६ करोड ४० लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो बर्षको तुलनामा   २.२२ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले ६ करोड ५५ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी ११.१९ प्रतिशतले बढेर १८ करोड ८६ लाख ७१ हजार रुपैयाँ पुगेको छ र सञ्चालन नाफा ११ करोड ५५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ८३ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: