Skip to content
LAXMI SUNRISE BANK

प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

अर्थ सरोकार

काठमाडौं ।  प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्सुरेन्स एक आपसमा गाभिने भएपछि सेयर कारोबार रोक्का भएको हो । यी ३ कम्पनीहरुले वैशाख २९ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ  र निर्जीवन बिमा कम्पनीको  चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनु पर्ने व्यवस्था  गरेको छ। सोहि व्यवस्था अनुसार बिमा कम्पनीहरु एकआपसमा मर्जर हुने क्रम बढिरहेको छ। हाल प्राइम लाइफको २ अर्ब ७७ करोड, गुराँसको २ अर्ब ८ करोड र युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK