×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ब्याज बढ्दैमा निक्षेप बढ्दैन, अब ब्याज नबढाउन गभर्नरज्यूलाई आग्रह गर्छु’: शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याज बढ्दैमा निक्षेप नबढ्ने प्रमाणित भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

शेखर गोल्छाले ब्याज बढाउने बित्तिकै निक्षेप बढ्छ भन्ने राष्ट्र बैंकको अनुमान अहिले गलत प्रमाणित भएपछि गभर्नर अधिकारीलाई ब्याज बढाउनु आग्रह समेत गरेका छन् । यस्तै उनले मूल्यवृद्धि कन्ट्रोलमा ध्यान दिनु पर्ने पनि बताए । अध्यक्ष गोल्छाले अहिले अधिकांश देशमा मुद्रास्फिति बढेको बताउँदै नेपालम यसमा सजग बन्नु पर्ने अवस्था रहेको बताए । यस्तै उनले अब व्यापार घाटा बढ्न सक्ने, खाद्यान्न संकट निम्तिन सक्ने धारणा पनि राखेका छन् ।

बजेटका लागि विभिन्न सुझाव दिँदै उनले विद्युतिय उपकरण बढाउनु पर्ने, निर्माणाधीन जलविद्युत आयोजना सम्पन्न गर्नुपर्ने, विद्युतीय सवारी साधनको व्यवस्था गर्नुपर्ने र इन्धनमा लाग्ने कर घटाउनु पर्ने बताएका छन् । साथै उनले कृषिमा कार्यक्रम बढाउनु पर्ने, प्रत्येक गाउँपालिकामा तरकारी बजार आवश्यक रहेको, व्याज अनुदानमा सहुलियत, सीप तालिमको व्यवस्था र आयकर ५ प्रतिशत मात्रै हुनु पर्ने सुझाव दिएका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: