×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्स कम्पनीको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामी खुला, कहिलेसम्म छ भर्ने अन्तिम म्याद ?

PRIME CA
GLOBAL IME BANK

शिखर इन्स्योरेन्स कम्पनीको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामी खुला, कहिलेसम्म छ भर्ने अन्तिम म्याद ?

१९ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सेयर बिक्री खुला गरेको छ । कम्पनीले वैशाख १९ गते सोमबारदेखि सर्वसाधारण समूहको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्ने भएको छ ।

कम्पनीले लिलामी भर्ने अन्तिम म्याद वैशाख २६ गतेसम्म तोकेको छ । कम्पनीले चैत १ गतेबाट चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र नबिकेको सेयर कम्पनीले यतिबेला लिलामीमा ल्याएको हो ।

उक्त सेयरमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिने भएको छ । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: