×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १.०४ प्रतिशतले बढ्दा अन्य सुचकको अवस्था कस्तो ?

अर्थ सरोकार

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार

PRIME CA

शिखर इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १.०४ प्रतिशतले बढ्दा अन्य सुचकको अवस्था कस्तो ?

काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ३६ करोड ७० लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १.०४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ३६ करोड ३३ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको बिमा कोष १९.३५ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ८७ लाख २० हजार रुपैयाँ पुगेको छ र खुद बिमा शुल्क आर्जन ४.४८ प्रतिशतले बढेर १ अर्ब १३ करोड १० लाख २३ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २८ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ९६ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: