Skip to content
LAXMI SUNRISE BANK

शिवम् सिमेन्टको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ३९.९२ प्रतिशतले घट्यो

अर्थ सरोकार

काठमाडौं। शिवम् सिमेन्टले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा खुद नाफा ६५ करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो बर्षको तुलनामा ३९.९२ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले १ अर्ब ९ करोड ८० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी पनि ७ अर्ब ३५ करोड रुपैयाँबाट घटेर ७ अर्ब २५ करोड रुपैयाँमा पुगेको छ । कच्चा पदार्थको खपतमा भएको खर्च ३ अर्ब ५ करोड ८४ लाख रुपैयाँबाट घटेर २ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको विद्युत तथा उर्जाको खर्च भने १ अर्ब ५४ करोड रुपैयाँबाट बढेर १ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।  साथै अन्य खर्च पनि ५६ करोडबाट बढेर ७७ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै  कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।  कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य इक्विटीमा ३ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ  छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK