काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १७ करोड ३४ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा १.९९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १७ करोड ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीले यस अवधिमा खुद बिमा शुल्क आर्जन १२.७९ प्रतिशतले बढाएर ८३ करोड ६६ लाख २८ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको बिमा कोषको आकार पनि १८.५८ प्रतिशतले बढाएर १ अर्ब ९ करोड ४५ लाख ८ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष कम्पनीको बिमा कोषमा ९२ करोड २९ लाख ९३ हजार रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ३२ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्