काठमाडौं । सोल्टी होटल नोक्सानीलाई नाफामा परिणत गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षकोभन्दा १८० प्रतिशतले नोक्सानी सुधार भएको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले १३ करोड ६६ लाख रुपैयाँ खुद नोक्सानी ब्योहोरेको थियो ।
यस्तै सोल्टी होटलले कुल ७४ करोड ३८ रुपैयाँको व्यवसायिक कारोबार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आम्दानीको आकार १४१ प्रतिशतले बढेको छ । कम्पनीको अघिल्लो वषको होटलको व्यवसायिक आम्दानी ३० करोड ८७ लाख रुपैयाँ रहेको थियो। कम्पनीले ६२ करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ । जगेडा कोषमा ६९ करोड ८२ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.२९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८.२९ रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्