गोरखा । गोरखाको सहिद लखन गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै दोस्रो कार्यकालका लागि निर्वाचित गाउँपालिका अध्यक्ष रमेश थापामगरले आज पदभार ग्रहण गर्दै बैंकसँगको सहकार्यमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने घोषणा गरेका हुन् ।
“ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन निकै कठिन भएकाले अब बैैंकसँग सहकार्य गरेर प्रत्येक टोल र बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ”, अध्यक्ष थापामगरले भने । उनले निर्वाचनका क्रममा नागरिकको घरघरमा पुग्दा गरेको प्रतिबद्धतालाई पदभार ग्रहणसँगै कार्यान्वयन गर्न सुरु गरेको बताए ।
“कतिपय अवस्थामा डोकोमा बोकेर सामाजिक सुरक्षा भत्ता लिन परिवारले लैजानुपर्ने बाध्यता छ” उनले भने, “जनताका समस्यालाई अब पालिकाले बैंकसँग सहकार्य गरी समाधान गर्छ ।” उनले सामाजिक काम गर्न व्यवस्थित हुने गरी पालिकाभित्र रहेका सवै घरको नम्बर ब्यवस्थित गरिने बताए। –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्