×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ शाखा सञ्चालनमा, बेलायती राजदूत निकोला पोलिटद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ शाखा सञ्चालनमा, बेलायती राजदूत निकोला पोलिटद्वारा उद्घाटन

Artha Sarokar

१३ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नारायण चौर, नक्साल, काठमाडौँमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् । सो कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले भने, “हामी नयाँ शाखाबाट हाम्रा विद्यमान र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित छौं। नयाँ स्थानबाट ग्राहकहरूलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिनेछ । ग्राहकहरूका लागि सेवा सुविधा बढाउनका लागि लागि बैंकसँग उच्च डिजिटल क्षमता रहेको छ ।” बैंकले शाखामा नयाँ खाता खोल्नका लागि विभिन्न अफरहरू पनि ल्याएको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी