×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन्राइज बैंक लिमिटेडका ग्राहकलाई अन्नपूर्ण केबलकार पोखरामा विशेष छुट

LAXMI SUNRISE BANK

सन्राइज बैंक लिमिटेडका ग्राहकलाई अन्नपूर्ण केबलकार पोखरामा विशेष छुट

२२ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आन्तरिक र बाहिरी पर्यटकका लागि पोखरा लेकसाइड सेदी देखि सराङ्गकोटसम्म अन्नपूर्ण केबलकार शुरु भएको परिप्रेक्षमा सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखरा स्थित अन्नपूर्ण केबल कारको टिकट खरिद गर्दा सन्राइज बैंकको के्र्रडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् । बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षा अनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी