×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट लघुवित्त वित्तीय संस्थाद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ४७.९१ प्रतिशतले घट्यो खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सपोर्ट लघुवित्त वित्तीय संस्थाद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ४७.९१ प्रतिशतले घट्यो खुद नाफा

Artha Sarokar

२५ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा ४७.९१ पतिशतले कम हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ करोड १२ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी ६.२९ प्रतिशतले घट्दा सञ्चालन नाफा पनि ४७.९१ प्रतिशतले घटेको छ । कम्पनीको चुक्ता पुँजी ३० प्रतिशतले बढेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १३ पैसा रहेको छ प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी