Skip to content
LAXMI SUNRISE BANK

स्वस्तिक लघुवित्तको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा २०.४ प्रतिशतले बढ्यो

अर्थ सरोकार

काठमाडौं। स्वस्तिक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २०.४ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ९१ लख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी २४.०१ प्रतिशतले बढेर २ करोड ९५ लाख रुपैयाँ पुगेको छ सञ्चालन नाफा पनि ७१.०६ प्रतिशतले बढेर १ करोड ३३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी ३ करोड ४६ लाख रुपैयाँ रहेको छ र रिजर्भ कोषमा २ करोड ८८ लाख करोड रुपैयाँ रहेको छ । कम्पनीले खराब कर्जा पनि २.१० प्रतिशत  बाट घटेर १.२८ प्रतिशतमा पुगेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK