काठमाडौं। स्वरोजगार लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा १५ करोड १७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १६.९७ प्रतिशतले धेरै हो । कम्पनीको खुद ब्याज आम्दानी ३५.३३ प्रतिशतले र सञ्चालन नाफा १०९.०४ प्रतिशतले बढेपछि खुद नाफामा पनि सुधार भएको छ ।
यस्तै कम्पनीको निक्षेप संकलन तथा कर्जा लगानीमा पनि सुधार भएको छ । कम्पनीको चुक्ता पुँजी २५ प्रतिशतले बढेको छ भने रिजर्भ कोष ३६.२२ प्रतिशतले बढेर २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ८० पैसा पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्