काठमाडौं । तारा एयरको विमान र्घटनाग्रस्त अवस्थामा भेटिएको छ । उक्त विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरेका छन् ।
मौसम खराबीका कारण हेलिकोप्टर जान नकसेपछि प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी पनि उनले दिएका छन् । लेतेबाट जोमसोमतर्फ बाँयापट्टी लार्जुङको खोँचमा दुर्घटना भएको र दुर्घटनास्थलमा उद्दारकर्मी पुग्न नसकेको उनले बताए ।
तारा एयरको ९-एन एइटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु थिए । साथै विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को-पाइलट इतासव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिए । विहान ९ः५५ बजे उक्त विमान उडान भएको केही समयपछि सम्पर्कबिहीन भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्