×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर कार्यालयमा दर्ता नभई व्यवसाय गर्दै आएका संस्था करको दायरामा आउँदा विशेष छुटको व्यवस्था !

GLOBAL IME BANK

कर कार्यालयमा दर्ता नभई व्यवसाय गर्दै आएका संस्था करको दायरामा आउँदा विशेष छुटको व्यवस्था !

१६ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले करमा दर्ता नभई व्यवसाय गरिरहेका व्यक्ति कानूनी दायरामा आउँदा छुट दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधी सभामा पेश गरेको आर्थिक अध्यादेशमा कर कार्यालयमा दर्ता नभई व्यवसाय गर्दै नाफा कमाइरहेका संस्था करको दायरामा आए शुल्क र ब्याज मिनाह हुने व्यवस्था गरेको बताएका छन् ।

सरकारले २०७५/७६ पछिको आय विवरण पेश गर्दा विगतमा गरेको आम्दानीको कर नलिनुको साथै शुल्क र ब्याज समेत मिनाहा गर्ने घोषणा गरेको हो । करमा दर्ता नभई सञ्चालित व्यवसायलाई कानूनी दायरामा ल्याउन कर छुट दिने व्यवस्था गरेको अर्थमन्त्रालयले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: