Skip to content
LAXMI SUNRISE BANK

तेह्रथुम पावर कम्पनीको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ

अर्थ सरोकार

काठमाडौं। तेह्रथुम पावर कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनी ५ लाख १२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष कम्पनी ४ करोड ३८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीले बिजुली बिक्रीबाट हुने आम्दानी भने ५ करोड २५ लाख रुपैयाँबाट बढाएर १० करोड ६३ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोष  ९ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ  नोक्सानमा रहेको छ र प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK