×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिहिबारको बजार अपडेट : यी हुन् बिहिबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । बिहिबार पनि नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३७.६० अंकले घटेर २२३८.६२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३२ कम्पनीको ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सुर्या लाईफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ८ करोड ४५ लाख ८७ हजार २ सय ३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार सुर्या लाईफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ८ करोड ४५ लाख ८७ हजार २ सय ३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआईसी एशिया बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाईड्रोपावर, ङादी ग्रुप हाईड्रोपावर, नेपाल बैंक, शिवम् सिमेन्ट, निफ्रा र एनसिसि बैंकको प्रमोटर सेयरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा एनआईसी एशिया सेलेक्ट फण्ड-३०, आरएमडिसि लघुवित्त, बरुण हाईड्रोपावर, कालिका पावर कम्पनी र ङादी ग्रुप हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा घलेम्दी हाईड्रो कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । घलेम्दीको सेयरमा यस्तो गिरावट आउँदा मैलुङ खोला जलविद्युत कम्पनी, शिभ श्री हाईड्रोपावर, युनियन हाईड्रोपावर र ग्रिन भेन्चर्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: