काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५६.०६ अंकले बढेर २३६९.०६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) का अनुसार बुधबार कुल २२९ कम्पनीको ५३ लाख ३३ हजार १ सय ०९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावरको भएको छ । यस कम्पनीको १० करोड ५९ लाख ७४ हजार ९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा न्याशनल हाईड्रोपावर,नेपाल फाईनान्स, सिनर्जी पावर,राधि विद्युत, युनिभर्शल पावर कम्पनी,र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा गणपति लघुवित्त , युनियन हाईड्रो र बरुण हाईड्रो कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा ८.५ % सानिमा डेभेन्चर २०८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा बढीले घटेको छ । सानिमा डेभेन्चरको सेयरमा यस्तो गिरावट आउँदा सानिमा ईक्युटि फण्ड,लक्ष्मी उन्नति कोष,नेस्डो समृद्ध लघुवित्त र सिद्धार्थ इक्युटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावरको भएको छ । यस कम्पनीको १० करोड ५९ लाख ७४ हजार ९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नगडी ग्रुप पावर, राधि विद्युत कम्पनी,हिमालयन डिस्टिलरी,शिवम् सिमेन्ट र युनिभर्शल पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्