काठमाडौँ । नेपाल पर्यटन बोर्डले हालै ६४५ जनालाई पर्यटन व्यवसायसम्बन्धी तालिम प्रदान गरेको छ । बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीका अनुसार सुदूरपश्चिममा ४३ महिलालाई गाइड तालिम प्रदान गरिएको जानकारी दिए । यस क्रममा बोर्डले नेपालगञ्ज, धनगढी र धरानमा पर्यटन मेला सम्पन्न गरेको छ । वैशाख ९ गते आयोजित कार्यक्रममा बोर्डका सदस्यद्वय मदन आचार्य र मिलन देवकोटाले नेपालको पर्यटन विदेशमा प्रवद्र्धन गर्न योगदान दिएका नरबहादुर टण्डनलाई सम्मान गरेका थिए ।
कार्यक्रममा बोर्डका निर्देशक हिक्मतसिंह ऐरले मुलुकको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न विभिन्न गतिविधि सञ्चालन गरिएकोबारे कार्यपत्र प्रस्तुत गरेका थिए । मुलुकमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यसको विकास गर्न आवश्यक पूर्वाधारको खाँचो रहेको उल्लेख गर्दै पर्यटकसँग पर्यटन सेवा शुल्क, पदयात्रा सूचना व्यवस्थापन प्रणालीको विकासका लागि निश्चित शुल्क लिने गरिएको उनले बताए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्