काठमाडौँ । लोकप्रिय टू–ह्वीलर्स कम्पनी टिभिएसले आफ्नो ग्राहकको लागि Apache Owners Group(AOG) नामक Apache धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ । जेठ १४ शनिवारको दिन आफ्नो पहिलो राइड धादिङ गोर्खा बिच रेसोर्ट सम्म ३५ सहभागीहरू टिभिएसले पुराएको थियो । विभिन्न पेसाका सहभागीहरूले भाग लिएको AOG मा सहभागीकोलागि २०० भन्दा धेरै आवेदन फारम भरेपछि, चयन प्रक्रियामा ३५ जनाको चयन भएका थिए । नेपालका लोकप्रिय MotoVlogger MRB Vlogs ( विविध जङ्ग थापा ) लगायत अरू विभिन्न Vloggers हरु पनि सो राइडमा उपस्थित थिए । बागमती प्रदेशमा भएको संस्करण लागि दर्ता गरेको बाकी राइडर्सहरुलाई टिभिएसले बागमती कै भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ।
टिभिएसले आफ्नो ग्राहकको लागि विभिन्न कार्यक्रम र Adventure Ride सञ्चालन गरिरहेको हुन्थ्यो। टिभिएसले बागमती प्रदेश सँगै गण्डकी प्रदेशमा पनि AOG Rideको लागि दर्ता प्रक्रिया खुला गरिसकेको छ र नारायणी, कोशी, लुम्बिनी, महाकाली जस्ता नेपालको विभिन्न ठाउँहरूमा पनि AOG Rideसञ्चालन गर्ने छ। AOG मा सहभागी भई विभिन्न Ride मा जान सकिन्छ र त्यति मात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरूको पनि भाग हुने मौका पाइनेछ । यो Ride अनुभवी Marshall हरुको निगरानीमा भएको थियो जसमा राइडरहरूलाई Road Safety जस्ता विभिन्न प्रशिक्षण दिएको थियो। यस AOG Ride मा सहभागी हुने सबै राइडर्सहरुलाइ टिभिएसले Free Riding Gears उपलब्ध गरेको थियो। यस मा राइडर्सहरुका लागि विभिन्न रोमान्चक खेलको आयोजना पनि थियो र बिजेता हरुलाई पुरस्कार तथा भएको साथै सबै टिभिएसले सहभागीहरुलाई उपहार र प्रमाण पत्र वितरण पनि वितरण गरेको थियो ।
AOG बारे जगदम्बा मोटर्सका प्रतिनिधि बिक्रम शर्मा पौडेल,DGM – Marketing भन्छन्, हामीले सोचेको पनि थिएनौ Apache riders हरुको यति धेरै उत्साह हुन्छ भनेर र अहिले नै AOG मा यति धेरै सहभागीता देखेर हामी निकै खुशी छौँ। हामी चाडै नै AOG बाट फेरी अर्को यात्रा सञ्चालन गर्नेछौ। यस AOG Ride गर्ने हाम्रो मुख्य उदेश्य चाहिँ नेपालमा Apache riders हरुको समूहलाई बलियो बनाउदै हाम्रो ग्राहकहरुलाई अझै नजिक राख्ने प्रयास हो । गोर्खा बिच रेसोर्ट पुग्नु भएको सहभागी एकेन्द्र बज्राचार्य आफ्नो राइडको बारेमा भने ,’आफू जस्तै Apache प्रेमी भेट्न पाउँदा र राइडमा सहभागी हुँदा खुसी नै बेग्लै छ र आशा छ अब आउने दिनमा पनि यस्तो कार्यक्रम भई राख्ने छन्। राइडमा साथीहरू पनि बनाए र रोमाञ्चक यात्रामा रमाउने मौका पनि पाए।’
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्