×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ देखि भोटेचौर सम्मको एनओजी राइड भब्य रुपमा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौँ देखि भोटेचौर सम्मको एनओजी राइड भब्य रुपमा सम्पन्न

Artha Sarokar

१६ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाण्डू देखि भोटेचौर सम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड भब्यरुपमा सम्पन्न गरेको छ । गत जेष्ठ १४ गते शनिबार आयोजना भएको उक्त राइड काठमाडौँको महालक्ष्मीस्थान स्थित टिभिएसको युनिराइड शोरुमबाट शुरु भएर बालकुमारी , तिनकुने एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मुलपानी, साँखु हुदै भोटेचौर हेवन हिल रिसोर्ट सम्म पुगेको थियो । उक्त राइडमा सहभागीहरु बीच एकतामुलक विभिन्न गेम हरु खेलाइएको थियो १ उनिहरुबीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो ।

राइडमा टिभिएस एनटर्कका ७० जना राइडरहरु का साथै प्रसिद्ध मोटो भ्लगरहरु राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लग कोउपस्थिति थियो साथै नेपालको प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी , प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र कलाकार हरु उषा उप्रेती र बिपिन श्रेष्ठको पनि सहभागीता रहेको जगदम्बा मोटर्सको मार्केटिंग नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले जानकारी दिए। टिभिएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताए ।

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडर ले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी प्राबिधिक टिमले दिएको थियो ! नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री लाइ निरन्तरता दिदै यो राइड आयोजना गरिएको हो । राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो र खेलको विभिन्न विधाका विजेतालाई आकर्षक पुरस्कारहरु वितरण गरेका थिए ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी