काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनादेखि वैशाखसम्म स्वदेशी लगानीका २४७ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागकाअनुसार चालु आर्थिक वर्षको १० महिनामा २४७ वटा उद्योग दर्ताका लागि २ खर्ब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको हो ।
यस अवधिमा विभिन्न क्षेत्रका साना, मझौला र ठूला गरी उद्योग दर्ताका लागि उक्त बराबरको रकम स्वीकृत भएको छ । लगानी स्वीकृत भएका उद्योगहरुमा ठूला उद्योग ७१ वटा मझौला उद्योग ८६ वटा र साना उद्योगहरु ९० वटा रहेका छन् । उक्त उद्योगहरुमा २३ हजार २७९ जनालाई रोजगारीको प्रस्ताव गरिएको छ ।
विभागका अनुसार साउनमा २८ अर्ब २१ करोड रुपैयाँ लगानीका १७ वटा उद्योग दर्ता भएका थिए भने भदौमा २३ अर्ब ९२ करोड रुपैयाँ लगानीका २० वटा उद्योग दर्ता भएका थिए । यस्तै असोजमा ६९ अर्ब ११ करोड रुपैयाँ लगानीका २६ वटा, कात्तिकमा १३ अर्ब ७ कारेड रुपैयाँ लगानीका २८ वटा र मंसिरमा १६ अर्ब ९८ करोड रुपैयाँ लगानीका १७ वटा उद्योग दर्ता भएका थिए ।
यसैगरी पुस महिनामा २१ अर्ब १२ करोड ५२ लाख रुपैयाँ लगानीका १६ वटा उद्योग दर्ता भएका थिए भने माघ महिनामा ५३ करोड १५ लाख रुपैयाँ लागनीमा सात वटाउद्योग दर्ता भएका थिए । फागुन महिनामा २२ अर्ब ८९ करोड रुपैयाँ लगानीका २२ वटा र चैतमा ३७ अर्ब ८१ करोड रुपैयाँ लगानीका २८ वटा उद्योग दर्ता भएका थिए । यस्तै वैशाखमा ३१ अर्ब ३९ करोड रुपैयाँ लगानीका १५ वटा उद्योग दर्ता भएका छन् । विभागका अनुसार यस अवधिमा विदेशी लगानीका १६३ वटा उद्योग दर्ता भएका छन् । हालसम्म स्वदेशी लगानीका ८ हजार ९३४ वटा उद्योग दर्ता भएका छन् । जसमध्ये ठूला उद्योग एक हजार ३३२ वटा, मझौला उद्योग २ हजार ७७ वटा र साना उद्योग ५ हजार ५०५ वटा रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्