×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिलिभर नेपालको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

PRIME CA

युनिलिभर नेपालको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

२९ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३१.४६ प्रतिशतले थोरै हो । गत वर्ष कम्पनीले ३२ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ रहेको छ र कम्पनीको अन्य आम्दानी भने ८८ लाख रुपैयाँबाट बढेर ३ करोड २५ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ  र रिटेन्ड अर्निङमा २ अर्ब ८३ करोड रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ हजार १५७ रुपैयाँ रहेको र प्रतिसेयर नेटवर्थ पनि २ हजार ६६६ रुपैयाँबाट बढेर ३ हजार १८२ रुपैयाँ कायम भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: