Skip to content
LAXMI SUNRISE BANK

युनियन हाइड्रोपावरको खुद नाफामा १८५.११ प्रतिशतको चमत्कारी छलाङ, अन्य सूचकहरुमा पनि आकर्षक वृद्धि !

अर्थ सरोकार

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा २ करोड ५५ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा १८५.११ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष कम्पनीले यसै अवधिमा ८९ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीले यस त्रैमासमा ६ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष भने विद्युत् बिक्रीबाट ५ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यता कम्पनीको सञ्चालन नाफा ४ करोड १८ लाख रुपैयाँबाट बढेर ५ करोड २८ रुपैयाँ पुगेको छ । जगेडा कोषमा ५ करोड ४ लाख ७१ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५५ पैसा (बार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ २७ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK