काठमाडौँ। छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसिया स्थरको 3rd Emerging Asia Insurance Conclave & Awards 2021 मा नेपालबाट Best General Insurance Company of the Year Award बाट यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लिमिटेड सम्मानित भएको छ । उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल उक्त कार्यक्रममा उपस्थित भएकी थिइन् ।
विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था PWC ले स्वतन्त्र रुपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लिमिटेडले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । कम्पनी संचालनको २८ औं वर्षमा कम्पनीले गत FY 2020-21 मा सर्वप्रथम १ अर्ब क्लबमा आफूलाई सामेल गराउन सफल भएको थियो ।
कम्पनीलाई सफलताको दिशामा अग्रसर गराउन सफल प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिदै उक्त सफलता हात पार्नका लागी साथ दिने कम्पनीको संचालक समितिका अध्यक्ष, संचालक समिति, शेयरधनी महानुभावहरु, ग्राहक महानुभावहरु, नियामक निकाय बीमा समिति तथा कोविडको समयमा समेत अहोरात्र मिहिनेत गर्ने आफ्ना कर्मचारी साथीहरु तथा सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत सबैबाट साथ र सहयोग प्राप्त गर्ने आशा तथा विश्वास व्यक्त गरिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्