×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्बन फूडद्वारा ब्लू स्टार कम्प्लेक्समा आफ्नो पहिलो रिटेल आउटलेट “अर्बन मार्ट” सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्बन फूडद्वारा ब्लू स्टार कम्प्लेक्समा आफ्नो पहिलो रिटेल आउटलेट “अर्बन मार्ट” सुरु

Artha Sarokar

२५ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्बन मार्टले, मे ६ तारिक दिउँसो १ बजेदेखि भव्य उद्घाटन गर्दै ग्राहकहरुका लागि आफ्नो ढोका खोलेको छ । अर्बन फूड काठमाडौँमा रहेको एक मासु प्रशोधन गर्ने कम्पनी हो र यसले सन् २०१२ देखि आफ्ना ग्राहकहरुलाई ससेज, सलामी, बेकन, ह्याम, मम, कोल्ड कट्स, मीट पार्टस्, क्यान्ड फुड, कफी बिन्स र अन्य गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आएको छ । अर्बन फूड प्रोडक्सनमा अत्याधुनिक प्रविधिका साथ नेपालकै टप फूड टेक्नोलोजिस्ट प्रविणमान शाक्य, जर्मनीका मीट विशेषज्ञ र मास्टर बुचर, म्याक्सिमिलियन फब्रिजियो स्टोल र अस्ट्रियाका मास्टर प्रोसेसर एन्टोन लोस्चाट जस्ता खाद्य विशेषज्ञहरु संघ रहेको छ ।

अर्बन फूडका गुणस्तरीय उत्पादनहरुले एक दशकदेखि ग्राहकहरुको मन जित्दै आएका छन् भने ती भाटभटेनी, बिग मार्ट, सेल्सबेरी र नेपालभरका अन्य डिपार्टमेन्ट स्टोरहरु जस्ता प्रमुख खुद्रा विक्रेता पसलहरुमा सहज रुपमा उपलब्ध छन् । अर्बन फूडका प्रमुख कार्यकारी अधिकृत आयुष राजभण्डारी भन्छन्, “हाम्रा मूल्यवान ग्राहकहरुलाई हाम्रो पहिलो आउटलेट, अर्बन मार्टमा स्वागत गर्न पाउँदा हामी साँच्चै उत्साहित छौँ । खुसी बाँड्नका लागि हामीले सुरुवातको दिन प्रशोधित उत्पादनहरुमा ३०% छुट प्रदान गर्दैछौँ र १३ मे २०२२ सम्म २५% छुट प्रदान गर्नेछौँ ।”

नयाँ अर्बन मार्टमा पर्याप्त पार्किङ सुविधा भएकाले वाक–इन ग्राहकहरुका साथै अनलाइन विक्रेता, होटल र रेष्टुरेन्टहरुलाई पनि सहज हुनेछ । मार्टको ठीक पछाडि अर्बन फूडको २० टन क्षमताको सिटी कोल्ड रुम र त्यही माथि अर्बन फूडकै केन्द्रीय कार्यालय रहेको छ । विशेष मूल्यहरु, सदस्यता कार्यक्रमहरु, केन्द्रीय स्थान र पार्किङ सुविधाहरु बाहेक, अर्बन मार्टको अर्को विशेषता भनेको यसमा समय–समयमा सीमित संस्करण विशेष उत्पादनहरु पाइनु हो जुन अर्बन मार्ट मार्फत मात्र लिन सकिन्छ । थप जानकारीको लागि, ग्राहकहरुले www.theurbanfood.com मा लग इन गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी