काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वदेशमै विद्युत् खपत बढाउने नीति ल्याइने बताएका छन् । राजधानीमा वैशाख ९ गते आयोजित ‘मेक इन नेपाल’ कार्यक्रममा उनले विद्युत् खपत बढाउन उद्योगधन्दाको विकास, विद्युतीय सवारी साधन तथा विद्युतीय चुलोको प्रवद्र्धन गरिने बताए ।
पेट्रोलियम पदार्थको बढ्दो आयातका कारण मुलुकको व्यापार घाटा चुलिँदै गएको, विदेशी विनिमय सञ्चितीमा असर परेको भन्दै उनले विद्युत्बाट पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्न सकिने बताए । चालु आवमा मात्रै रु. दुई खर्ब २० अर्बको पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क दिँदै उनले विद्युत् खपत बढाएर आयात न्यूनीकरण गर्न सकिने बताए ।
उनले स्वेदशमा खपत नभएको विद्युत् क्षेत्रीय बजारमा बिक्री गरेर विदेशी मद्रा भित्रयाउने सकिने उल्लेख बताए । “चालु आर्थिक वर्षमा ३९ मेगावाट विद्युत निर्यातको शुरुआत गरिसकिएको छ । यस आवमा हामी करिब रु. २ अर्ब बराबरको विद्युत निर्यात गर्न सक्ने अवस्थामा छौँ”, मन्त्री भुसालले भने, “अर्को आर्थिक वर्षमा करिव ५०० मेगावाट विद्युत निर्यात हुनेछ, जसबाट करिब १२ देखि १५ अर्ब रुपैँया भित्रने छ, आगामी ५ वर्षपछि वार्षिक करिव रु. ५० अर्बभन्दा बढीको विद्युत निर्यात गर्ने अवस्थामा पुग्नेछौँ ।”
जलश्रोतको उचित व्यवस्थापन र उपभोगबाट ऊर्जा सुरक्षा र खाद्य सुरक्षालाई बलियो बनाउन सकिने उल्लेख गर्दै उनले भने, “कृषि, पर्यटन र ऊर्जाको विकासमा सरकारको नीति केन्द्रित भएको छ, यसबाट मात्र संविधानमा उल्लेख भएबमोजिम समाजवाद उन्मुख तथा आत्मनिर्भर अर्थतन्त्रको आधार खडा गरी समृद्धिको यात्रामा अगाडि बढ्न सक्छौँ ।”
खेतीयोग्य सबै जमिनमा सिँचाइको व्यवस्था गर्ने, सिँचाइमा विद्युत्को प्रयोग गर्ने, विद्युत्को प्रयोग गरी नेपालमै रासायनिक मल उत्पादन गर्ने र कृषिलाई प्रविधिसँग जोड्दै खाद्यान्न, फलफूल एवम् तरकारी उत्पादनमा आत्मनिर्भर हुँदै निर्यात गर्न सघाउ पुर्याउने उद्देश्यले सरकारले सिँचाइको विद्युत् महसुललाई न्यून बनाइको उनले बताए । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्