×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपर हेवाखोला हाइड्रोपावर कम्पनीको १५ लाख कित्ता आइपीओ बिक्री खुला हुने, कहिलेबाट कहिलेसम्म दिन पाईन्छ आवेदन ?

अर्थ सरोकार

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार

PRIME CA

अपर हेवाखोला हाइड्रोपावर कम्पनीको १५ लाख कित्ता आइपीओ बिक्री खुला हुने, कहिलेबाट कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । यो मध्ये ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले अपर हेवाखोलाको आइपीओलाई औसत जोखिम जनाउने ‘कियरएनपी डबल बी’ रेटिङ दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: