×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य बनाउनुपर्छ, स्वदेशी उद्योग राज्यको प्राथमिकता हुनुपर्छ’ :अध्यक्ष गोल्छा

PRIME CA
GLOBAL IME BANK

‘कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य बनाउनुपर्छ, स्वदेशी उद्योग राज्यको प्राथमिकता हुनुपर्छ’ :अध्यक्ष गोल्छा

२२ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भन्सार महसुल शून्य बनाउनु पर्ने माग गरेका छन् । अध्यक्ष गोल्छाले वनस्पति घ्यू तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य बनाउनु पर्ने माग गरेका हुन् । आइतबार नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्छाले सरकारले ल्याएको बजेट नीतिले वनस्पति तेल उद्योग संकटमा पर्ने भन्दै यस्तो माग गरेका हुन् ।

सरकारको बजेट नीतिले वनस्पति तेल उद्योग संकटमा पर्ने भन्दै उनले कच्चापदार्थ कुन उद्योगका लागि के भन्ने दोधारको मारमा तेल उद्योग पर्न गएको बताएका छन् । अब सरकारले तत्काल पहल नगरे नेपाली उद्योगहरु बन्द हुने अवस्थामा पुग्न सक्ने पनि उनले बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: