×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकका ‘सर्भिलेन्स ग्रुप’ प्रमुख सापकोटाको सवारी दुर्घटनामा निधन, श्रीमतीको दुवै हात भाँच्चियो…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल राष्ट्र बैंकका ‘सर्भिलेन्स ग्रुप’ प्रमुख सापकोटाको सवारी दुर्घटनामा निधन, श्रीमतीको दुवै हात भाँच्चियो…!

Artha Sarokar

१३ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कर्मचारी ध्रुना सापकोटाको निधन भएको छ । शुक्रबार काठमाडौंबाट दोलखाको कालिञ्चोक भगवती दर्शन गर्न गएका सापकोटाको सवारी दुर्घटना हुँदा घटनास्थलमै निधन भएको हो । उनी राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयमा कार्यरत थिए । प्रहरीका अनुसार उनीसंगी गाडीमा रहेकी उनकी श्रीमतीको दुवै हात भाँचिएको छ ।

उनको निधन भएपछी सो शवलाई वीरेन्द्र सैनिक अस्पताल छाउनी लगेर पोष्टमार्टम गरी आर्यघाटमा दाहसंस्कारसमेत गरिसकिएको छ ।

उनी पाँँच वर्षदेखि नेपाल राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयको सुरक्षा हेर्ने टोली प्रमुख थिए ।

नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको आन्तरिक सुरक्षाको निम्ति सेनाबाट अवकाशप्राप्त कर्मचारीलाई करारमा भर्ना गर्ने गरिएको छ । ‘सर्भिलेन्स ग्रुप’ भनिने यस्तो नियुक्तिका सापकोटा प्रमुख थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी