×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ घण्टा नवित्दै तुहियो वायुसेवा संचालकहरुको आन्दोलन, बुद्ध एयरले नियमित उडान भर्ने, क्याप्टेन साप खोज्दैछ प्रहरी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

६ घण्टा नवित्दै तुहियो वायुसेवा संचालकहरुको आन्दोलन, बुद्ध एयरले नियमित उडान भर्ने, क्याप्टेन साप खोज्दैछ प्रहरी

Artha Sarokar

७ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वायुसेवा सञ्चालक संघले बुधबारदेखि गर्ने भनिएको उद्धार तथा नियमित उडान बन्दको आन्दोलन घोषणा गरेको ६ घण्टा नबित्दै तुहिएको छ । वायुसेवा संचालक कम्पनी बुद्ध एयर सो आन्दोलनमा सहभागी नहुने भएपछि अन्तत: सो आन्दोलन तुहिएको हो । बुद्ध एयरका एक उच्च अधिकारीले बुधबार नियमित उडान हुने पुष्टी गरे । देशभर दैनिक १ सय ४० हाराहारीमा आन्तरिक उडान भर्ने बुद्धले नै आन्दोलनको कार्यक्रम नमान्ने भएपछी अन्तत: सो आन्दोलन तुहिएको हो ।

काठमाडौंबाट हुने ३ सय हाराहारी उडानमा बुद्ध एयरको करिब ६० प्रतिशत हिस्सा छ । त्यसैले पनि बुद्धको यो कदमलाई आन्दोलन लगभग तुहिएको रुपमा हेरिएको छ ।

वायुसेवा सञ्चालक संघ’ले मंगलबार पत्रकार सम्मेलन गर्दै पर्याप्त भौतिक पूर्वाधारबिना एकपक्षीय ढंगले १९ वटा वायुसेवा कम्पनीका ९० वटा जहाज र हेलिकोप्टरमध्ये ४३ वटालाई काठमाडौं बाहिर स्थानान्तरण गर्ने निर्णयको विरोध गर्दै बुधबारदेखि आन्तरिक तर्फका नियमित र चार्टर हेलिकोप्टर उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

यता बुधबारबाट आन्तरिक उडान सेवा ठप्प पार्ने निर्णय घोषणा गरेपछि वायुसेवा संचालक संघ (आओन) का अध्यक्ष रामेश्वर थापाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण ले यसका लागि निर्णय गरेर सीडीओ कार्यालयलाई सिफारिस गरिसकेको छ। क्यानले बुधबार उडान नगर्ने वायुसेवा कम्पनीहरुको वायुसेवा संचालन अनुमति (एओसी) समेत खारेज गर्ने चेतावनीसमेत दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी