×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निःशुल्क फलफूल र बहुउपयोगी बिरुवा वितरण, किसानलाई आत्मनिर्भर बनाउने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

निःशुल्क फलफूल र बहुउपयोगी बिरुवा वितरण, किसानलाई आत्मनिर्भर बनाउने उद्देश्य

Artha Sarokar

१६ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डोटी । भू तथा जलाधार व्यवस्थापन कार्यालय र डिभिजन वन कार्यालयले यहाँका किसानलाई निःशुल्क फलफूल र बहुउपयोगी अन्य बिरुवा वितरण गर्न थालेको छ । ती कार्यालयले जिल्लालाई फलफूलमा आत्मनिर्भर बनाउनका लागि किसानलाई बिरुवा वितरण गर्दै आएको हो ।

जलाधार व्यवस्थापन कार्यालयले आफ्नो नर्सरीमा उत्पादन गरेका र किसानको मागका आधारमा जिल्ला बाहिरबाट ल्याइएका विभिन्न प्रजाजिका ४० हजार बहुउपयोगी विरुवा वितरण गर्न लागेको छ । वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत पुष्पराज जोशीका अनुसार जिल्ला बाहिरबाट ल्याइएका तथा कार्यालयको नर्सरीमा उत्पादन गरिएका बिरुवा डोटीसहित यहाँका अन्य जिल्ला अछाम र बाजुरामा पनि वितरण गरिने भएको छ ।

निःशुल्क वितरण गर्न सुरु गरिएका बिरुवामा कागती, लिची, आँप, धुपी, बकाइनो, कल्की, किम्बू, कोइरालो, अम्बा, मेवा, मसला, भुजेत्रोलगायत फलफूल र घासेवालीहरु रहेका छन् । यसैगरी वन कार्यालयले पनि विभिन्न प्रजातिका बिरुवासँगै फलफूलका बिरुवा वितरण गर्न सुरु गरेको उक्त कार्यालयका सहायक वन अधिकृत लक्ष्मीराज जोशीले जानकारी दिए ।

उनका अनुसार यस पटक कार्यालयले सुन्तलाका छ हजार, कागतीका तीन हजार २००, भोगटेका तीन हजार, लिचीका ५००, अम्वाका दुई हजार र रुख कटरका एक हजार बिरुवा वितरण गर्ने भएको छ । उक्त कार्यालयले यहाँका नौवटै स्थानीय तहमा १५ हजार ७०० फलफूलका विरुवा वितरण गर्ने कार्ययोजना अनुसार ती बिरुवा बितरण गर्न सुरु गरेको हो । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी