×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आदर्श लघुवित्तको ६७ हजार कित्ता आइपीओ बाँडफाँट, ६ हजार २६१ जना आवेदकले पाए सेयर !

अर्थ सरोकार

प्रकाशित मिति : १३ असार २०७९, सोमबार

PRIME CA

आदर्श लघुवित्तको ६७ हजार कित्ता आइपीओ बाँडफाँट, ६ हजार २६१ जना आवेदकले पाए सेयर !

काठमाडौं । आदर्श लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई जारी गरेको आइपीओ असार १३ गते सोमबार बाँडफाँट गरेको हो । आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ जारी गरेको थियो ।

यसमा गोलाप्रथामार्फत कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको छ ।  लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: