×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भोलिदेखि सबै आन्तरिक हवाई उडान बन्द हुने !

अर्थ सरोकार

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार

PRIME CA

भोलिदेखि सबै आन्तरिक हवाई उडान बन्द हुने !

काठमाडौं । भोलि बुधबारदेखि सबै आन्तरिक हवाई उडान बन्द हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले परकार सम्मेलन गरेर भोलि बुधबारदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने भएको हो । पत्रकार सम्मेलनमा त्रिभुवन विमानस्थल बाहेकका अन्य विमानस्थलमा रात्री बिश्राम गरी उडान गर्न नसकिने संघले जनाएको छ ।

संघले आफ्ना ५ बुँदे माग पूरा नभएसम्म आपतकलिन तथा नियमित सेवा बन्द गर्ने निर्णय गरेको हो । यस्तै सरकार र क्यानको एकतर्फी दमनकारी प्रवृतिका कारण अनिश्चितकालका लागि हवाई उडान बन्द गरिएको संघले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणले काठमाडौं बाहेकका विमानस्थलबाट बिश्राम गरी उडान गर्न गरेको निर्देशन तत्काल पालना गर्न नसकिने पनि संघले जनाएको छ । हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आईपर्ने समस्याहरुप्रति वेवास्ता गरिएको र एकपक्षीय रुपमा स्वेच्छाचारी निर्णयले निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने अवस्था सृजना भएको संघको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: